मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भीम रावल नेकपामा समाहित हुँदै, बुधबार राष्ट्रिय सभा गृहमा घोषणा

1.8K
SHARES
भीम रावल नेकपामा समाहित हुँदै, बुधबार राष्ट्रिय सभा गृहमा घोषणा

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित हुने भएका छन् ।

रावलको पार्टी प्रवेशका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘‘वृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको छ । सो कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

एमालेबाट निष्कासनमा परेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । पछिल्ला दिनमा एमालेले पुराना नेताहरूमध्ये फर्कन इच्छुकलाई आह्वान गरे पनि रावलले एमालेमा फर्किने निर्णय नलिएर नयाँ बाटो रोजेका हुन् ।

आइतबार नेकपाका नेताहरूसँग भएको छलफल सकारात्मक भएपछि रावलको समायोजन प्रक्रिया तय भएको स्रोतले जनाएको छ । उनका अनुसार, बुधबारको कार्यक्रममा रावल औपचारिक रूपमा नेकपामा प्रवेश गर्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २४, सोमबार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP