मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुण्डुमा सरे ओली, बालकोटको घर जलेपछि नयाँ ठेगानामा बसोबास

2.1K
SHARES
गुण्डुमा सरे ओली, बालकोटको घर जलेपछि नयाँ ठेगानामा बसोबास

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेन–जी आन्दोलन चर्किएपछि सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले उनलाई अस्थायी रूपमा ब्यारेकमा राखेको थियो ।

गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली ब्यारेकमै बस्दै आएका थिए । तर अब उनी भक्तपुरको गुण्डुमा सरेका छन् । सुरक्षा निकायका अनुसार ओली र उनको टोलीले गुण्डुमा भाडामा घर लिएको हो ।

ओलीको बालकोटस्थित निजी निवास जेन–जी आन्दोलनकारीले आगजनी गरेका कारण प्रयोगयोग्य छैन । घर पूर्ण रूपमा नष्ट भएपछि उनीलाई गुण्डु सारिएको जनाइएको छ ।

ओलीको नयाँ बसोबास व्यवस्थापनमा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सक्रिय देखिएका छन् । बस्नेतले ओलीलाई ब्यारेकबाट बाहिर ल्याउने मात्र होइन, उनलाई सार्वजनिक रूपमा भव्य कार्यक्रममार्फत प्रस्तुत गर्ने तयारी पनि गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार १४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP