मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आदिवासी महिलाले उत्पादन गरेको परम्परागत तोङ्बा नष्ट गरिएको घटनाप्रति नेफिनको कडा आपत्ति

1.3K
SHARES
आदिवासी महिलाले उत्पादन गरेको परम्परागत तोङ्बा नष्ट गरिएको घटनाप्रति नेफिनको कडा आपत्ति

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले काठमाडौं महानगरपालिका वडा नं. ३ मा आदिवासी जनजाति ल्होमी शिङ्सा÷भोटे समुदायका आमादिदीबहिनीहरूले परम्परागत ज्ञान, सीप र संस्कृतिमा आधारित रूपमा उत्पादन गर्दै आएको तोङ्बा प्रहरीले जबरजस्ती नष्ट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेफिनले जारी गरेको प्रेस विज्ञप्तिमा फागुन १५ गते प्रहरी प्रशासनले छापामार शैलीमा नियन्त्रणमा लिएर ५ हजार झोलाभन्दा बढी तयारी अवस्थामा रहेको तोङ्बा नष्ट गर्नु अमानवीय, गैरन्यायिक र दमनकारी कार्य भएको ठहर गरेको छ । यस्तो कार्य आदिवासी जनजातिहरूको मौलिक संस्कृति, जीवनपद्धति र जीविकोपार्जनमाथिको सीधा हस्तक्षेप भएको नेफिनको आरोप छ ।

विज्ञप्तिमा कोदोको जाँड, रक्सी र तोङ्बा आदिवासी जनजातिहरूको परम्परागत खाद्यसंस्कृति मात्रै नभई जन्म, मृत्यु, विवाह तथा संस्कारसँग जोडिएको अनिवार्य सांस्कृतिक सामग्री भएको उल्लेख गरिएको छ । हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको यस ज्ञान र सीपलाई निषेधित वस्तुका रूपमा एकतर्फी निर्णय गर्नु विभेदकारी नीति भएको नेफिनको भनाइ छ ।

नेफिनले विदेशी रक्सी, वाइन र बियरलाई कानुनी मान्यता दिँदै स्वदेशी आदिवासी उत्पादनमाथि प्रतिबन्ध लगाउनु सामाजिक, आर्थिक र सांस्कृतिक अन्याय भएको भन्दै कडा विरोध जनाएको छ । यसले ग्रामीण अर्थतन्त्र र आदिवासी समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्ने महासंघको निष्कर्ष छ ।

महासंघले घटनामा संलग्न प्रहरी प्रशासनबाट तत्काल माफी माग्न, बलपूर्वक नष्ट गरिएको तोङ्बाको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता दमनकारी कार्य नदोहर्याउन सरकारसँग जोडदार माग गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २१, बुधबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP