मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारको सय दिन उपलब्धिमुखी भएन: हर्कराज राई

559
SHARES
सरकारको सय दिन उपलब्धिमुखी भएन: हर्कराज राई

 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।

दार्चुलाको दुर्गम क्षेत्रमा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले सरकारले प्रयास गरे पनि त्यसको परिणाम आमनागरिकले महसुस गर्न नसकेको बताए ।

उनले सरकारको कामको मूल्याङ्कन परिणामका आधारमा हुनुपर्ने उल्लेख गर्दै दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरूले निरन्तर सुझाव दिँदै आएको बताए । ‘सरकारले प्रयास त गरेको छ, तर त्यसको प्रभाव जनताले अनुभव गर्न सकेका छैनन्। महँगी अहिले मुख्य समस्या बनेको छ, त्यसलाई नियन्त्रण गर्नु आवश्यक छ’, उनले भने ।

राईले दार्चुला भ्रमणका क्रममा दुर्गम क्षेत्रमा सञ्चार पहुँच अझै कमजोर रहेको अनुभव सुनाउँदै त्यहाँका नागरिक आधारभूत सेवाबाट समेत वञ्चित रहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको पछिल्लो निर्णय भने सकारात्मक कदम भएको उल्लेख गरे ।

दार्चुलाजस्तो विकट जिल्लाको विकास निर्माणमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष राईले दुर्गम क्षेत्रको पूर्वाधार विकासलाई सरकारले थप प्राथमिकता दिनुपर्ने धारणा राखे ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १९, शुक्रबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP