मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोलमा स्विडेन ३–० ले पराजित

676
SHARES
फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोलमा स्विडेन ३–० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यु जर्सी रंगशालामा बुधबार सम्पन्न खेलमा साविक उपविजेता फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै स्विडेनमाथि सहज जित दर्ता गरेको हो । खेलभर बल नियन्त्रण र आक्रमणमा दबाब बनाएको फ्रान्सले अवसरहरूको भरपूर सदुपयोग गर्दै एकपक्षीय नतिजा निकालेको थियो ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने । उनले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे भने ब्राडली बारकोलाले एक गोल थपे । एम्बाप्पेको नेतृत्वमा फ्रान्सको आक्रमण पंक्ति निकै प्रभावशाली देखिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा, ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५३औँ मिनेटमा बारकोलाले आकर्षक फिनिसिङमार्फत अन्तर दोब्बर बनाए ।

स्विडेनले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्ति तथा गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन । खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

यस प्रभावशाली जितसँगै फ्रान्सले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । टोलीले अन्तिम १६ मा आत्मविश्वासका साथ प्रवेश गरेको छ भने स्विडेनको विश्वकप यात्रा यही चरणमा समाप्त भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १७, बुधबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP