मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाको थप सहयोग

403
SHARES
भोटेकोशी बाढीपीडितका लागि अमेरिकाको थप सहयोग

काठमाडौं । भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा पुनःस्थापनाका लागि अमेरिकाले नेपाललाई थप मानवीय सहायता पठाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाका दुईवटा मालवाहक विमानमार्फत बुधबार विपद् प्रतिकार्यमा आवश्यक विभिन्न सामग्री नेपाल ल्याइएको हो ।

अमेरिकाबाट ल्याइएका सामग्रीमा बाढी तथा विपद्का पीडितको उद्धार र शव व्यवस्थापनमा प्रयोग हुने ५ हजार थान विशेष सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडरलगायत उपकरण छन् ।

दूतावासले उक्त सहयोग नेपाल सरकारको नेतृत्वमा भइरहेको खोजी, उद्धार र पुनःस्थापना अभियानलाई थप प्रभावकारी बनाउन उपयोगी हुने जनाएको छ ।

नेपाल सरकारको आग्रहपछि अमेरिकाले यी सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ ।

यसअघि अमेरिकाले नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको खोजी, उद्धार तथा राहतका लागि ३६ लाख अमेरिकी डलर बराबरको मानवीय सहायता घोषणा गरिसकेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार १३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP