मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिफा विश्वकप २०२६: ब्राजिल रोकियो, कतारले इतिहास रच्दै पहिलो अंक जोड्यो

247
SHARES
फिफा विश्वकप २०२६: ब्राजिल रोकियो, कतारले इतिहास रच्दै पहिलो अंक जोड्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । खेलको पहिलो हाफ रोमाञ्चक रहे पनि दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् ।

मोरक्कोका लागि साइबारीले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर ब्राजिलका स्टार भिनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि नतिजा फेरिन सकेन ।

यस बराबरीसँगै समूह ‘सी’ मा रहेको ब्राजिलले अपेक्षित विजयी सुरुआत गर्न सकेन । समूहमा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन् । विश्वकै सफल टोली ब्राजिललाई बलियो मोरक्कोले कडा चुनौती दिएको खेलले समूहको प्रतिस्पर्धा थप रोचक बनाएको छ ।

उता, गएराति सम्पन्न अर्को खेलमा कतार र स्विट्जरल्यान्डले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इन्जुरी समयको पाँचौँ मिनेटमा कप्तान बोउलेम खोउखीले गोल गरेपछि कतारले विश्वकप इतिहासमै पहिलो अंक बटुल्न सफल भएको हो ।

खेलको तेस्रो मिनेटमै कतारले गोल गर्ने सुनौलो अवसर पाएको थियो । स्विस डिफेन्डर मानुएल एकान्जीको गल्तीपछि इडमिल्सन जुनियरले प्रहार गरे पनि गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गरेका थिए ।

स्विट्जरल्यान्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । ब्रिल इम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर खेलको अन्तिम क्षणमा खोउखीले गोल गर्दै कतारलाई हारबाट जोगाए ।

सन् २०२२ मा घरेलु मैदानमा पहिलो पटक विश्वकप खेलेको कतारले त्यतिबेला तीनै खेल गुमाउँदै एक गोलसमेत गर्न सकेको थिएन । तर यसपटक भने विश्वकप इतिहासमा पहिलो अंक जोड्दै नयाँ उपलब्धि हासिल गरेको छ । लगातार २०१९ र २०२३ मा एसियन कप जितेको कतारले विश्व फुटबलमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता पुनः प्रमाणित गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३१, आईतवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP