मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक आज, भूमिहीन र सुकुमवासीको मुद्दामा विशेष छलफल हुने

169
SHARES
प्रतिनिधिसभा बैठक आज, भूमिहीन र सुकुमवासीको मुद्दामा विशेष छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस गर्नुका साथै जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, पुनःस्थापना र आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

प्रस्तावमा सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जनको निरन्तरताका लागि आवश्यक व्यवस्था गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन र वास्तविक भूमिहीन तथा सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषय समेटिएका छन् । उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन् ।

प्रतिनिधिसभा बैठकसँगै आज सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ । अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथिको दफाबार छलफललाई निरन्तरता दिनेछ भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्नेछ ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक र दफाबार छलफल हुने कार्यसूची छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे पूर्वसभापति रामनारायण विडारीसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १९, मंगलवार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP