मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रीपरिषद्को बैठक: घाइतेका लागि राहत, विदेशी सहायता स्वीकृति र नीतिगत परिवर्तन

2.2K
SHARES
मन्त्रीपरिषद्को बैठक: घाइतेका लागि राहत, विदेशी सहायता स्वीकृति र नीतिगत परिवर्तन

काठमाडौं । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकमा उक्त निर्णय भएको हो । निर्णयबारे जानकारी मन्त्रीपरिषद्का प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन् ।

यससँगै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

त्यसैगरी, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने गरी अध्यागमन नियमावली संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २, मंगलवार १०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP