मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपत्तिको बेला विभाजन होइन, राष्ट्रिय एकताको खाँचो छ : राष्ट्रपति पौडेल

390
SHARES
विपत्तिको बेला विभाजन होइन, राष्ट्रिय एकताको खाँचो छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवामा आएको विनाशकारी बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलदेखि जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकसम्मलाई विपद्को सामना गर्न एकताबद्ध हुन आह्वान गरे ।

उनले मानवीय सहायता, उद्धार तथा राहत कार्यमा संलग्न संघसंस्थालाई समेत प्रभावकारी रूपमा परिचालित हुँदै विपद् प्रभावित नागरिकको साथमा उभिन आग्रह गरे ।

राष्ट्रपति पौडेलले विपत्तिको समयमा एकअर्कामाथि दोषारोपण गर्ने, विभाजन निम्त्याउने वा राजनीतिक विवादमा अल्झिने अवस्था नरहेको स्पष्ट पारे । अहिलेको आवश्यकता राष्ट्रिय एकता र आपसी ऐक्यबद्धता प्रदर्शन गर्नु रहेको उनको भनाइ थियो ।

‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ उनले भने ।

बाढीपहिरोबाट भएको क्षतिपछि अबको प्राथमिकता प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक गतिविधिलाई पुनःचलायमान बनाउनु रहेको राष्ट्रपति पौडेलले बताए ।

उनले विपद्पछिको पुनर्निर्माणका क्रममा नेपालको विद्यमान विकासको ढाँचामाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए । पूर्वाधार निर्माण र विकासका गतिविधिलाई आगामी दिनमा विपद् जोखिमलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने उनको संकेत थियो ।

‘यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ राष्ट्रपति पौडेलले भने, ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।’

राष्ट्रपति पौडेलले विपत्तिबाट प्रभावित नागरिकको जीवन सहज बनाउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP