मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनः हालसम्म ३० जनाको मृत्यु, सयौं घाइते

1.4K
SHARES
जेनजी आन्दोलनः हालसम्म ३० जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न २८ अस्पतालमा २५३ जना घाइतेको उपचार जारी छ ।

मन्त्रालयले दिएको विवरणअनुसार हालसम्म १,०३३ जना आन्दोलनकारी घाइते भएका छन् । तीमध्ये ७१३ जनालाई उपचारपछि घर पठाइएको छ भने ५५ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ ।

सबैभन्दा बढी चाप सिभिल अस्पतालमा
सिभिल अस्पतालमा मात्रै ४३६ जना घाइते भर्ना भएका थिए । तीमध्ये ३४४ जनालाई डिस्चार्ज गरिएको छ, ६ जनाको मृत्यु भइसकेको छ ।

नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि पुगेका थिए । ५८ जनाको उपचार अझै जारी छ भने ८ जनाले ज्यान गुमाएका छन् ।

बाँकेको भेरी अस्पतालमा पनि मृत्यु
बाँकेको भेरी अस्पतालमा २८ जना घाइते भर्ना भएका थिए, जसमा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मको विवरण अनुसार आन्दोलनले गम्भीर मानवीय असर पारिरहेको छ । मन्त्रालयले अझै पनि अस्पतालहरूमा घाइतेहरूको उपचार जारी रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार १६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP