मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

780
SHARES
मौसम पूर्वानुमान: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदलीको अवस्था कायम छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो विशेषगरी कोशी प्रदेशसहित बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ । मधेस प्रदेशका केही भाग तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने जनाएको छ । साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा गर्मी बढ्ने र तातो दिनको अनुभूति हुने अनुमान गरिएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा पनि केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP