मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनको समाप्ति, देशभर मुख्यतः सफा मौसम

4K
SHARES
मनसुनको समाप्ति, देशभर मुख्यतः सफा मौसम

काठमाडौं । नेपालमा यो वर्षको मनसुन शुक्रबारबाट सम्पूर्ण भू-भागबाट पूर्ण रूपमा समाप्त भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज रातिको मौसम पनि प्रायः सफ रहनेछ । कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने सम्भावना छ भने अन्य सबै भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम विभागले हालसालै कुनै ठूला प्रणाली सक्रिय नभएकोले दैनिक जनजीवन सामान्य रहने अपेक्षा गरिएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP