मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेसमाथि दबाब सिर्जना गर्ने गतिविधि रोक्न नेकपाको माग

299
SHARES
प्रेसमाथि दबाब सिर्जना गर्ने गतिविधि रोक्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख सञ्चारगृहको प्रवेशद्वारमा शङ्कास्पद रूपमा सवारीसाधन छाडिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।

सोमबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुग्ने गरी भएका गतिविधिले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ । पार्टीले यस्ता घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्यको संज्ञा दिएको छ ।

विज्ञप्तिमा सञ्चारमाध्यमलाई त्रास, दबाब वा भयको वातावरणमा राखेर स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्नबाट रोक्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारिएको छ । प्रेसमाथि हुने हस्तक्षेपले लोकतान्त्रिक शासन प्रणाली र नागरिकको सूचनाको अधिकारलाई कमजोर बनाउने पार्टीको धारणा छ ।

नेकपाले जनसरोकारका विषय उठाउँदै आएका सञ्चारमाध्यमलाई लक्षित गर्ने प्रयास गम्भीर विषय भएको उल्लेख गर्दै राज्य संयन्त्रका कमजोरी लुकाउन वा आलोचनात्मक आवाज दबाउन प्रेसमाथि दबाब सिर्जना गर्नु संविधान र विधिको शासनको भावना विपरीत हुने जनाएको छ ।

पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, संलग्नलाई कानुनअनुसार कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । साथै सञ्चारमाध्यमले निर्भय र स्वतन्त्र वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने सुनिश्चितता गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP