मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्घाखाँचीमा पत्नीको हत्या गरेर श्रीमान्ले भान्छामै गाडे शव

1.6K
SHARES
अर्घाखाँचीमा पत्नीको हत्या गरेर श्रीमान्ले भान्छामै गाडे शव

काठमाडौं । अर्घाखाँचीमा एक पुरुषले आफ्नै पत्नीको हत्या गरेर भान्छाकोठामै शव गाडेको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा बसोबास गर्दै आएका ३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङलाई हत्या गरी घरको भान्छामै गाडेका थिए ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका किरण विगत आठ वर्षदेखि सोही गाउँमा घर किनेर बस्दै आएका थिए । उनी पत्नी सुमित्रा र ९ वर्षीया छोरी सरुसँग बस्दै आएका थिए ।

तर, केही दिनयता सुमित्रा हराएपछि माइती पक्षले १६ भदौमा प्रहरीलाई खोजी गरिदिन जानकारी दिएका थिए । अनुसन्धानको क्रममा १२ भदौको राति श्रीमान्–श्रीमतीबीच विवाद हुँदा हत्या भएको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख तथा डीएसपी चक्र मल्लले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार, विवादपछि किरणले बाँसको लाठ्ठी र हंसियाले प्रहार गरी पत्नीको हत्या गरेका थिए । उनले शवलाई कम्बलमा पोको पारेर भान्छाकोठामा खाल्डो खनेर गाडेका थिए । घरभित्र दुर्गन्ध आउन थालेपछि प्रहरीले उत्खनन् गर्दा शव भेटिएको हो ।

१६ भदौको राति साढे ८ बजे शव निकालिएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । किरणलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हँसिया, गैंती, बेल्चा, सानो कोदालो बरामद गरेको छ । त्यस्तै, ‘ओरेन्ज’ लेखिएको मदिराको खाली र भरी बोतल पनि भेटिएको छ ।

अनुसन्धानले देखाएअनुसार, किरणले हत्या गर्ने बेला मदिरा सेवन गरेका थिए । हत्या भएपश्चात उनले छोरीलाई समेत धम्की दिएकाले ९ वर्षीया सरुले घटनाबारे कसैलाई भन्न नसकेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार किरण र सुमित्रा १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैको दोस्रो विवाह थियो । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्‌बाट ३ छोरी रहेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP