मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘कुलिङ अफ पिरियड’ विवादः सभापति खतिवडा राजीनामाको तयारीमा

2.7K
SHARES
‘कुलिङ अफ पिरियड’ विवादः सभापति खतिवडा राजीनामाको तयारीमा

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारेको विशेष समितिको प्रतिवेदनले जिम्मेवार ठहर गरेपछि प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने तयारीमा छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्न समय मागेका खतिवडाले बैठक सुरू हुनु अघि सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेट गरेका थिए ।

विशेष छानबिन समितिको प्रतिवेदनले खतिवडासँगै समितिका सचिव सुरजकुमार दुरालाई पनि प्रत्यक्ष जिम्मेवारका रूपमा किटान गरेको छ । प्रतिवेदनमा खतिवडाले परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यहरूसँग छलफल नगरी, निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक गरी २०८२ जेठ १३ गते प्रतिवेदन पठाएको देखिएको उल्लेख छ । यसलाई सभापतिको समन्वयकारी भूमिकामा कमी र गम्भीर त्रुटिका रूपमा चित्रण गरिएको छ ।

त्यस्तै सचिव दुराले पनि प्रारम्भदेखि प्रतिवेदन लेखनसम्मको भूमिकामा रहेर आफ्नो परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर गरिएको छ ।

प्रतिवेदनले मुख्यसचिवलगायतका केही कर्मचारीमाथि समेत ‘कुलिङ अफ पिरियड’ हटाउन लबिङ गरेको र समितिको निर्णयको सार्वजनिक रूपमा विपक्षमा देखिनु पदाधिकारीको आचरणविपरीत भएको टिप्पणी गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP