मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२० लाख धरौटी बुझाएर पूर्वसभामुख महरा रिहा

1.9K
SHARES
२० लाख धरौटी बुझाएर पूर्वसभामुख महरा रिहा

काठमान्डु । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले तोकेको धरौटीबापतको रकम बुझाउन उनीलाई बिहीबार काठमान्डु जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालतका प्रवक्ता दीपक कुमार श्रेष्ठका अनुसार महराले आवश्यक रकम बुझाएपछि रिहा प्रक्रिया पूरा भएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशमा मुल जाहेरीमा महराको नाम उल्लेख नभएको, पहिलो पुरक अभियोगमा समेत स्पष्ट संकेत नपाइने र अन्य अभियुक्तहरूले समेत उनको संलग्नता पोल गरेको नदेखिएको उल्लेख छ ।

अदालतले मुल अभियोग तथा पहिलो पुरक अभियोगमा पेश गरिएका प्रमाणहरूको विश्लेषण गर्दै महरालाई थुनामै राखिरहनुपर्ने कुनै बाध्यकारी कारण नदेखिएको निष्कर्ष निकालेको हो ।

यसअघि काठमान्डु जिल्ला अदालतले २९ असोजमा महरालाई थुनामा राख्ने आदेश दिएको थियो, जुन निर्णयलाई उल्टाउँदै उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP