मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बाका उत्कृष्ट छात्रालाई पूर्ण छात्रवृत्ति, कक्षा ११–१२ निःशुल्क पढ्न पाउने

1.3K
SHARES
खिजीदेम्बाका उत्कृष्ट छात्रालाई पूर्ण छात्रवृत्ति, कक्षा ११–१२ निःशुल्क पढ्न पाउने

काठमाडौं । ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिकाले यस वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने १० जना छात्रालाई पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ अध्ययन गराउने भएको छ । गाउँपालिकाले छात्रा शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाका अनुसार छात्रवृत्ति कार्यक्रमका लागि सोवर्स एक्सन नेपाल र गाउँपालिकाबीच दुई वर्षका लागि सहमति हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार छनोटमा पर्ने छात्राहरूले आफूले रोजेको विषयमा कक्षा ११ र १२ अध्ययन गर्न पाउनेछन् ।

कार्यक्रम अन्तर्गत एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका १० जना छात्रालाई अध्ययन खर्चको पूर्ण व्यवस्था गरिने जनाइएको छ । छात्रवृत्तिमा ट्युसन शुल्कसहित आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष शेर्पाले गाउँपालिकाभित्रका छात्राहरूलाई उच्च शिक्षातर्फ प्रेरित गर्ने तथा आर्थिक अभावका कारण पढाइ रोक्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताए । उनले चाँडै औपचारिक सूचना सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।

उनले “खिजीदेम्बाका चेलीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गाउँपालिकाले विशेष पहल थालेको हो,” भन्दै योग्य विद्यार्थीलाई अवसरको सदुपयोग गर्न आग्रह गरे ।

स्थानीय तहले छात्रा शिक्षामा केन्द्रित भएर ल्याएको यो कार्यक्रमलाई अभिभावक र शिक्षा क्षेत्रले सकारात्मक रूपमा लिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP