मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

3.8K
SHARES
पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । तुइन खोलाको आसपासमा खसेको पहिरो पन्छाएपछि बाटो दुईतर्फी रूपमा खुलाइएको हो ।

बिहान ७ः०० बजेतिर खसेको सानो पहिरो तत्काल हटाइए पनि दिउँसो करिब १२ः३० बजे पुनः ठूलो पहिरो खसेपछि सडक दुबै तर्फबाट पूर्ण रूपमा बन्द भएको थियो । पहिरो हटाउन तीनवटा डोजरसहितका उपकरणहरू परिचालन गरिएको थियो, तर पहिरो निरन्तर झरिरहेकाले काममा कठिनाइ भएको थियो ।

चाडपर्वको समयमा यात्रामा रहेका सयौं यात्रुहरू बाटोमै रोकिएर लामो समय पर्खिनुपरेको थियो । अहिले सडक खुलिसकेपछि उनीहरू पुनः आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

सडक लामो समय अवरुद्ध रहेकाले अहिले सवारी चाप अत्यधिक रहेको छ र ट्राफिक व्यवस्थापनमा सुरक्षा निकाय सक्रिय छन्। अधिकारीहरूले आवश्यक सावधानी अपनाउँदै यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेका छन्।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP