मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाजाबाट चारजना मृतक बन्धकका शव फिर्ता, विपिन जोशीको पनि समावेश

2.9K
SHARES
गाजाबाट चारजना मृतक बन्धकका शव फिर्ता, विपिन जोशीको पनि समावेश

काठमाडौं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलन चलिरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित रहे । यसैबीच, हमासले गाजाबाट चारजना मृतक बन्धकका शव रेडक्रसमार्फत फिर्ता गरेको छ । ती शवहरूमध्ये एक नेपाली युवक विपिन जोशीको समेत रहेको पुष्टि भएको छ ।

हमासले रेडक्रसलाई जुन चार शवहरू हस्तान्तरण गर्‍यो, तीमा नेपाली नागरिक विपिन जोशी, इजरायली नागरिक गाइ इलौज, योसी शाराबी र इजरायली सेनाका क्याप्टेन ड्यानियल पेरेज परेका छन् । शवहरू सोमबार साँझ दक्षिण गाजाबाट फिर्ता गरिएका हुन् ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार शवहरूलाई तेल अभिभस्थित अबु कबीर फरेन्सिक इन्स्टिच्युट पुर्‍याइनेछ । त्यहाँ शवहरूको डीएनए परीक्षण तथा फरेन्सिक प्रक्रियाद्वारा पहिचान गरिनेछ, जसमा दुई दिनसम्म लाग्न सक्ने जनाइएको छ ।

आइडीएफले शवहरू निकाल्नुअघि गाजामै धार्मिक श्रद्धाञ्जली समारोह आयोजना गर्ने जनाएको छ । उक्त कार्यक्रममा सैनिक रब्बीको नेतृत्वमा कफिनहरू इजरायली झण्डामा बेरिने छन् । सैनिकहरूले सलामी दिने र स्तोत्र वाचन गर्नेछन् ।

यसबीच, हमास र अन्य पक्षबीचको सहमतिअनुसार २ हजारभन्दा बढी प्यालेस्टिनी कैदीहरू रिहा गरिएको छ । तीमध्ये २५० जना आजीवन कैदको सजाय पाएका थिए । यो घटनालाई मानवता र राजनीतिक सन्देशका रूपमा लिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २८, मंगलवार ०३:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP