मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेरी पक्राउ परे दुर्गा प्रसाईं

1.9K
SHARES
फेरी पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको निजी निवासबाट पक्राउ गरेको छ । मंसिर दोस्रो सातादेखि सुरु हुने भनिएको आन्दोलनको तयारीका बीच प्रसाईँलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली लगिएको छ । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गरिँदै छ ।

स्थानीयवासीका अनुसार राति करिब १२ बजे ठूलो संख्यामा प्रहरी टोली प्रसाईंको घरमा पुगेको थियो । तत्कालीन राजनीतिक अभिव्यक्ति र सार्वजनिक कार्यक्रममा दिँदै आएका वक्तव्यका कारण उनी पछिल्ला दिनमा चर्चामा रहेका थिए ।

प्रसाईंले केही दिनयता सरकारविरुद्ध विभिन्न कार्यक्रम घोषणा गर्दै आएका थिए । आगामी दिनमा उनी नेतृत्व गर्ने भनिएको आन्दोलनको तयारीका कारण सुरक्षा निकायले चलायमान निगरानी बढाएको र अन्ततः पक्राउ प्रक्रियामा पुगेको बुझिएको छ ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २, मंगलवार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP