मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली रहने, केही स्थानमा भारी वर्षाको सम्भावना

273
SHARES
देशभर बदली रहने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मौसम सामान्यदेखि पूर्णतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । विशेषगरी कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षाको सम्भावना भएका स्थानमा यात्रा तथा दैनिक गतिविधि गर्दा मौसमको अवस्था हेरेर सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २८, आईतवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP