मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको आज विशेष सम्बोधन, संसदमा कार्यसूची व्यस्त

3.1K
SHARES
प्रधानमन्त्री ओलीको आज विशेष सम्बोधन, संसदमा कार्यसूची व्यस्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्ने भएका छन् । नियमित प्रश्नोत्तर सत्रको प्रारम्भ हुनुअघि प्रधानमन्त्रीले संसद्‍लाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीज्यूको आजको नियमित प्रश्नोत्तरमा सहभागिता रहनेछ । तर त्यसअघि उहाँले सरकारको कामकारवाही, वर्तमान राजनीतिक परिदृश्य र प्रतिपक्षी नेताहरूको अभिव्यक्तिबारे आफ्नो धारणा राख्दै विशेष सम्बोधन गर्नुहुनेछ ।’

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ । बैठकमा विशेष सम्बोधनपछि प्रधानमन्त्री ओली सांसदहरूको जिज्ञासामा जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पारित ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनसँगको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ विषयमा सामान्य छलफलको प्रस्ताव संसद्‍मा प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP