मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘निर्वाचन सुधार र संविधान संशोधनमा हाम्रो स्पष्ट अडान छ, जरुरी परे सडकमा उत्रिन्छौँ’ —प्रचण्ड

1.7K
SHARES
‘निर्वाचन सुधार र संविधान संशोधनमा हाम्रो स्पष्ट अडान छ, जरुरी परे सडकमा उत्रिन्छौँ’ —प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे सडकबाटै जनताको माग स्थापित गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा नेपाल मतदाता अधिकार मञ्चबाट प्राप्त निर्वाचनसम्बन्धी कानुनी सुधार प्रस्तावबारे प्रतिक्रिया दिँदै उनले माओवादी केन्द्र निर्वाचन प्रणाली सुधार र संविधान संशोधनका विषयमा स्पष्ट धारणा राख्ने पार्टी भएको बताए ।

‘मतदाता अधिकार मञ्चले उठाएका प्रश्नहरू अत्यन्त सान्दर्भिक छन्,’ प्रचण्डले भने, ‘यस्ता सुझाव कागजमा मात्रै सीमित राखेर हुँदैन, जनताका मुद्दा स्थापित गर्न आन्दोलन पनि आवश्यक पर्न सक्छ। हामी त्यसका लागि तयार छौँ ।’

प्रचण्डले चुनाव प्रणालीको खामीकाबारे माओवादी केन्द्रले लगातार आवाज उठाइरहेको स्मरण गराउँदै सुधारको आवश्यकता अपरिहार्य भइसकेको बताए । ‘संविधानको पुनरावलोकन र निर्वाचन प्रणालीमा आमूल सुधार हाम्रो एजेन्डा हो,’ प्रचण्डको भनाइ थियो ।

मतदाता अधिकार मञ्चले सो अवसरमा निर्वाचन प्रणालीमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने, मतदाताको अधिकारलाई थप बलियो बनाउने र चुनाव कानुनलाई एकीकृत र प्रगतिशील बनाउने मागहरूसहित ध्यानाकर्षण पत्र प्रस्तुत गरेको थियो ।

प्रचण्डले ती सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै जनअधिकारका पक्षमा माओवादी केन्द्र सदैव अग्रपंक्तिमा रहने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP