मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकाबाट पाँच दिनमै १ लाख ८९ हजारभन्दा बढी यात्रु बाहिरिए

1.1K
SHARES
उपत्यकाबाट पाँच दिनमै १ लाख ८९ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा राजधानी छाड्ने यात्रुको भीड तीव्र गतिमा बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्यांकअनुसार असोज १ देखि ५ गतेसम्म मात्रै २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत १ लाख ८९ हजार २१८ जना यात्रु उपत्यकाबाट विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्रसिंह गुरुले उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा बसोबास गर्ने सर्वसाधारण क्रमशः थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकामार्फत घर फर्किरहेको जानकारी दिए ।

तथ्यांकअनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १ सय, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यका बाहिरिएका छन् ।

यात्रा सहज नबनेको यातायात व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार वर्षासँगै राजमार्गमा पहिरो खस्दा बसहरू घण्टौँसम्म बाटोमै रोकिनुपर्ने स्थिति आएको छ । उनले भने, “मुग्लिङ–नारायणघाट सडकखण्डमा बारम्बार पहिरो खस्दा आवतजावत निकै कठिन भइरहेको छ । यात्रुलाई गन्तव्यमा समयमा पु¥याउन गाह्रो परिरहेको छ ।”

यसैबीच, राजधानीको नयाँ बसपार्कमा यात्रुको चाप झन् बढेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार सामान्यतया दैनिक ४–५ हजार यात्रु मात्र उपत्यका बाहिरिने गरेकामा हाल दैनिक १५ हजारभन्दा बढी यात्रु बसपार्कमार्फत गइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP