मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी ग्रेडेड

1.5K
SHARES
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी ग्रेडेड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी ग्रेडेड भएको छन् ।

पूरक परीक्षामा कूल एक लाख ४३ हजार २५७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएको बोर्डले जनाएको छ ।

गत वैशाखमा भएका वार्षिक एसईईमा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएकाहरू तथा परीक्षामा अनुपस्थित विद्यार्थीहरूका लागि साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरूले नतिजा विभिन्न एसएमएस  (IVR/SMS – USSD) सेवा, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट (www.neb.gov.np) र पनिकाको कक्षा १० पोर्टल (www.see.gov.np) मार्फत हेर्न मिल्ने व्यवस्था गरिएको छ । वेबसाइटमा सिम्बोल नम्बर र जन्ममिति राखेर ग्रेडसिट डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित नतिजा प्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योग ९चभ(तयतबििष्लन० तथा उत्तरपुस्तिका पुनर्परीक्षणका लागि पनि आवेदन दिन सक्छन् । असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेसम्म बोर्डको वेबसाइटमार्फत अनलाइन फाराम भरी आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ११, शनिबार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP