मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अध्यादेश र महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत हुने

1.2K
SHARES
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अध्यादेश र महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजेका लागि तय गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा तीनवटा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उता राष्ट्रियसभाको बैठक भने आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन पनि राष्ट्रियसभामा प्रस्तुत गर्ने सम्भावित कार्यक्रम तय गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २३, सोमबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP