मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी प्रणाली सक्रिय: देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

351
SHARES
पश्चिमी प्रणाली सक्रिय: देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । यस प्रणालीको असरका कारण देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ । साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २८, बिहीबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP