मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा पराजित

2.1K
SHARES
एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।

१९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेट गुमाउँदै १७५ रनमै सीमित भयो । लगातार दोस्रो हार ब्यहोरेको पोखरा अंक तालिकाको पुछारमा झरेको छ भने सुदूरपश्चिम चार अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्कासहित ५३ रन बनाए । त्यसैगरी जेम्स निसमले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन जोडे । तर अन्य खेलाडीबाट उल्लेखनीय योगदान प्राप्त हुन सकेन ।

बलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले दुई विकेट लिए भने स्कट कुग्लिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले समान एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ९३ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा एक सय आठ रनको साझेदारी गरेका थिए ।

जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाउँदा जिम्मी निसमको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए । अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट नै हुन पुगे ।

१३ बलमा चार चौका र दुई छक्का सहयोगमा ३१ रन बनाउँदा क्रिस लिन भने जिम्मी निसमको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन आठ र हरमित सिंहले चार रन बनाए । आरिफ शेख शून्यमा आउट भए भने  इशान पाण्डे ६ र नरेन साउँद चार रनमा अविजित रहे ।

पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई-दुई विकेट लिए ।

एनपीएलमा शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP