मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अडान, प्रतिनिधि सभा बुधबारसम्म रोकियो

234
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अडान, प्रतिनिधि सभा बुधबारसम्म रोकियो

काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसहित उनीहरूले लगातार सदन अवरोध गरिरहेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील सीमासम्बन्धी विषयमा भ्रम सिर्जना गरेको दाबी गर्दै रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याएका छन् । सहमति जुट्न नसकेपछि बैठक सञ्चालन हुन नसकी पुनः स्थगित भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २६, मंगलवार ०८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP