मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा मृत्यु हुनेका ७ पुग्यो, संसद् परिसरमै भिडन्त

1.2K
SHARES
जेनजी आन्दोलनमा मृत्यु हुनेका ७ पुग्यो, संसद् परिसरमै भिडन्त

काठमाडौं । राजधानीमा जारी जेनजी आन्दोलन झनै हिंसात्मक बनेसँगै प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा चार जनाको ज्यान गएको छ भने सिभिल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा एक–एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमाथि सरकारले गरेको प्रतिबन्धविरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाहरू संसद् भवनको घेरा तोड्दै भित्रै प्रवेश गरेका थिए । आन्दोलनकारीहरूले संसद् परिसरमा रहेको प्रहरी पोष्टसमेत कब्जा गरेका कारण स्थिति थप नियन्त्रणबाहिर गएको हो ।

स्थिति सम्हाल्न सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्यास, पानीको फोहोरा र गोलीसमेत प्रहार गरेका थिए । तर प्रदर्शनकारीहरू पनि आक्रामक बनेर निरन्तर विरोध जारी राखिरहेका छन् ।

तनाव चर्किएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु कार्यान्वयनका लागि सेना समेत सडकमा परिचालन गरिएको छ । तर यसबिच पनि नयाँबानेश्वर क्षेत्रको वातावरण शान्त हुन सकेको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP