मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ को निर्वाचनमा पूर्ण ध्यान केन्द्रित गर्न राष्ट्रपतिको सुझाव

1.9K
SHARES
फागुन २१ को निर्वाचनमा पूर्ण ध्यान केन्द्रित गर्न राष्ट्रपतिको सुझाव

काठमान्डु । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गते तोकिएको निर्वाचनलाई केन्द्रमा राखेर सरकारलाई कुनै पनि दायाँ–बायाँ नगरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई सफल बनाउन सरकार र सम्बन्धित निकायहरू गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका हुन् । उक्त जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिएका छन् ।

राष्ट्रपति पौडेलले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै अघिल्ला समयको तुलनामा अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले आर्थिक वर्ष २०८१÷८२ को राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेकी थिइन् ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका तथा भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूको यथार्थ मूल्यांकन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP