मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, तुनइखोलामा सुख्खा पहिरो

2K
SHARES
मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, तुनइखोलामा सुख्खा पहिरो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५, तुनइखोला क्षेत्रमा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुवैतर्फ अवरुद्ध भएको छ ।

सडकमा ठूला ढुंगा र माटो बगेर आएपछि सवारी आवागमन ठप्प भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले सडक विभागसँग समन्वय गरी दुईवटा जेसिबी प्रयोग गरेर अवरोध हटाउने कार्य जारी रहेको जानकारी दिए ।

पहिरोका कारण काठमाडौंतर्फ जाने गाडी जुगेडी र नारायणगढतर्फ जाने सवारीसाधन मुग्लिन बजारमा रोकिएका छन् । जोखिमपूर्ण भाग पूर्ण रूपमा सुरक्षित भएपछि मात्र सवारी चलाउने तयारी गरिएको सुवेदीले बताए ।

यसअघि आज बिहान ८ बजे पहिरो हटाएर सडक खुलाइएको थियो । तर, फेरि पहिरो खस्दा सडक पुनः बन्द हुन पुगेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP