मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलद्वारा बहिष्कार

1.3K
SHARES
प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलद्वारा बहिष्कार

काठमाडौं । मधेस प्रदेशमा बढ्दै गएको राजनीतिक विवाद समाधान गर्न प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शनिबार बोलाएको सर्वदलीय बैठक विपक्षी सात दलले बहिष्कार गरेका छन् । प्रदेश सभामा उत्पन्न गतिरोध अन्त्य गर्न पहलस्वरूप प्रदेश प्रमुखले सबै दललाई छलफलका लागि आमन्त्रित गरेका भए पनि आन्दोलनरत दलहरू बैठकमा सहभागी भएनन् ।

‘असंवैधानिक मुख्यमन्त्री सहभागी हुने भएकाले बैठक बहिष्कार’
आन्दोलनरत सात दलीय गठबन्धनका एक नेताका अनुसार बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी हुने जानकारी पाएपछि उनीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनले भने, “असंवैधानिक रूपमा नियुक्त भएर होटेलमा शपथ लिएका मुख्यमन्त्रीकै उपस्थितिमा सर्वदलीय बैठक बसेर कुनै अर्थ हुँदैन, त्यसकारण हामीले बहिष्कार गरेका हौं ।”

२२ कात्तिकमा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि ठूलो दलको हैसियतले एमालेका सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिपछि उनले होटलमै शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि सरकारले भण्डारीलाई बर्खास्त गरी डा. लाभलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

सभामुखविरुद्ध प्रस्ताव र सांसद पदमुक्तिको निर्णयमा थप विवाद
प्रदेश सभामा विवाद झनै चर्किएको अर्को कारण सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलका ६४ सांसदहरूले पेस गरेको प्रस्ताव हो । पदीय आचरण विपरीत व्यवहार गरेको आरोपसहित दर्ता भएको यो प्रस्तावपछि सभामुखले पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय लिए ।

पदमुक्त हुनेमध्ये नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह र जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार तथा शारदाशंकर प्रसाद कलवार छन् । तर सभामुखको निर्णय लगतै उपसभामुख बबिताकुमारी राउत ईशरले उक्त निर्णय बदर गरिदिँदा विवाद थप गहिरिएको छ ।

प्रदेश प्रमुखको पहल पनि निष्फल
यिनै विवादहरू समाधान गर्न प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाए पनि आन्दोलनरत सात दल उपस्थित नभएपछि राजनीतिक संवादको प्रयास निष्फल भएको छ ।

राजनीतिक दलबीच सहमतिबिना प्रदेशसभाको अवरोध झन् लामो समयसम्म कायम रहने संकेत देखिन थालेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP