मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चाप र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली

1.1K
SHARES
पश्चिमी न्यून चाप र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यसबारे जानकारी दिएको हो ।

यस समयमा सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका केही भागमा भने मौसम सामान्यतया सफा रहेको छ । विशेषगरी गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

त्यसैगरी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका केही ठाउँमा पनि छिटपुट वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात जारी रहेको छ ।

आज (सोमबार) दिनभर पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

सम्भावित वर्षा र चट्याङलाई ध्यानमा राख्दै पहाडी क्षेत्रका बासिन्दा सचेत रहन आग्रह गरिएको छ । साथै पदयात्रामा रहेका पर्यटक र हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले मौसमको अवस्थालाई मध्यनजर गर्दै मात्र यात्रा योजना बनाउन सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २३, सोमबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP