मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

143
SHARES
देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो ।

हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थान र पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै तराईका केही क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज राति पनि देशभर बदलीको अवस्था कायम रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १६, शनिबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP