मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औँ आईजीपीमा नियुक्त

3.1K
SHARES
चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औँ आईजीपीमा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो रहेका खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी दीपक थापा भदौ १८ गते अनिवार्य अवकाशमा जाने भएकाले सरकारले एक साताअघि नै नयाँ नेतृत्व तोकेको हो । नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै भएकाले उनी फर्कनुभन्दा अघि नै आईजीपी नियुक्ति गरिएको हो ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । उनी प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत थिए । एआईजी भएपछि समेत त्यही पदमा रहँदै आएका उनले यसअघि कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।

सन् १९९४ (वि.सं. २०५१) मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा प्रतिस्पर्धा गरेर खापुङ प्रहरी सेवामा प्रवेश गरेका हुन् । त्यतिबेला उनीसहितका उम्मेदवारहरू दुई समूह (‘क’ र ‘ख’) मा विभाजन गरिएका थिए । ‘क’ समूहका वसन्तबहादुर कुँवर र दीपक थापा जस्तै उनी पनि त्यही ब्याचका हुन् । तर खापुङ ‘ख’ समूहका ४० जनामध्ये एक थिए, जसलाई विशेष दरबन्दी सिर्जना गरेर २०५२ कात्तिक २७ गते मात्रै प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो ।

आईजीपी थापा, एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ समेत यही भदौ १८ गते अवकाश हुने छन् । त्यसभन्दा तीन दिनअघि खापुङकै ब्याचका एआईजी कृष्णहरि शर्मा पोखरेल पनि अवकाशमा जाने भएकाले सो ब्याचमा खापुङ मात्र बाँकी रहनेछन् ।

खापुङले आगामी कात्तिक २७ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहे उनले अढाई महिनामै अवकाश लिनुपर्ने व्यवस्था छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP