मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुच्चेपाटी भाटभटेनीमा ६ वटा कंकाल फेला

2.1K
SHARES
चुच्चेपाटी भाटभटेनीमा ६ वटा कंकाल फेला

काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले घटनाको पुष्टि गर्दै कंकालहरू चिन्न नसकिने अवस्थामा रहेको बताए ।

शवको पहिचान डीएनए परीक्षणपछि मात्र हुने प्रहरीले जनाएको छ ।

गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो । सोही घटनासँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ । आन्दोलनको क्रममा सो दिन काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीको गोली लागेर २१ जनाको ज्यान गएको थियो ।

भदौ २४ गते देशभर तोडफोड र आगजनीका घटना भइरहेका बेला आन्दोलन अझ उग्र बनेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP