मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु क्रमशः खुकुलो बनाउँदै सेना

2.1K
SHARES
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु क्रमशः खुकुलो बनाउँदै सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्युलाई क्रमशः खुकुलो बनाउँदै लगेको जनाएको छ । जङ्गी अड्डा अन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार सूचना जारी गर्दै कर्फ्युको समय घटाइएको जानकारी दिएको हो ।

सेनाले जारी गरेको सूचनामा भनिएको छ,”काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।”

सोही अनुसार, भदौ २६ गते (सेप्टेम्बर ११) बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि सर्वसाधारणलाई आवतजावत गर्न अनुमति दिइनेछ ।

तर, सेनाका अनुसार भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ । त्यसपछि बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म पुनः कर्फ्यु आदेश लागू हुनेछ ।

उपत्यकावासीलाई तोकिएको समयमा मात्र बाहिर निस्कन तथा सुरक्षाकर्मीको निर्देशनको पालना गर्न सेनाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार १६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP