मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

702
SHARES
समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले मंगलबार उक्त बन्दसूची प्रकाशन गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलबाट ५७ वटा निर्वाचन चिह्नमा कायम भएका कुल ३ हजार १३५ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा समावेश छ । यससँगै समानुपातिकतर्फको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा टुंगिएको आयोगले जनाएको छ ।

प्रकाशित बन्दसूचीमा लैंगिक प्रतिनिधित्वका आधारमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन् । आयोगका अनुसार समावेशिताका मापदण्डअनुसार सूची परिमार्जन गर्दै अन्तिम नामावली सार्वजनिक गरिएको हो ।

यसअघि आयोगले प्रारम्भिक बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो । आवश्यक जाँच, उजुरी तथा कानुनी प्रक्रिया पूरा गरेपछि अन्तिम सूची सार्वजनिक गरिएको आयोगले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार १४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP