मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ २३ को हिंसा ‘इतिहासकै कालो दिन’, जिम्मेवारी तत्कालीन सरकारकै हो : महामन्त्री थापा

1.9K
SHARES
भदौ २३ को हिंसा ‘इतिहासकै कालो दिन’, जिम्मेवारी तत्कालीन सरकारकै हो : महामन्त्री थापा

काठमान्डु । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण उत्तरदायित्व तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त दिनलाई नेपालको इतिहासमै अकल्पनीय र अत्यन्त दुःखद् ‘कालो अध्याय’का रूपमा व्याख्या गरे ।

भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउँदै युवा पुस्ता (जेन–जी) सडकमा उत्रिँदा भएको हिंसामा धेरै नौजवानले ज्यान गुमाउनु परेकोप्रति थापाले गहिरो दुःख व्यक्त गरे । जनआक्रोश सडकमा देखिनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिक जिम्मेवारी नै सबैभन्दा ठूलो हुने जिकिर गरे ।

“राजनीतिक नैतिकता अत्यन्तै महत्वपूर्ण विषय हो,” थापाले भने, “म त्यस्तो पदमा भएको भए यस घटनाको सम्पूर्ण जिम्मेवारी म स्वयंले लिने थिएँ ।” ठूलो ओहोदामा बस्नेले नै बढी उत्तरदायित्व बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारे ।

उनले घटनापछि कांग्रेसले गृहमन्त्रीलाई राजीनामा गराएर आफ्ना तर्फबाट नैतिक उदाहरण प्रस्तुत गरेको दाबी पनि गरे । प्राविधिक तथा कानुनी छानबिन आफ्नै स्थानमा भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ थियो ।

थापाले जोड दिए, “सार्वजनिक ओहोदामा बसेको व्यक्तिको नैतिकता ठूलो कुरा हो, राजनीतिक नैतिकता त झन् ठूलो कुरा हो । जिम्मेवारी स्वीकार्दा कोही सानो हुँदैन । पद ठूलो छ भने जिम्मेवारी पनि ठूलो हुनुपर्छ । घटना कसरी भयो भन्ने छानबिन होला, तर यसको नैतिक जिम्मेवारी सरकारमा बसेकाले नै लिनुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ७, सोमबार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP