मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पक्राउ परे श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे

2.7K
SHARES
पक्राउ परे श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । बीबीसी हिन्दीले श्रीलंकन प्रहरीलाई उद्धृत गर्दै उनको गिरफ्तारीबारे जनाएको हो ।

उनीमाथि लागेको आरोप सन् २०२३ को संयुक्त राष्ट्र महासभामा न्यूयोर्क भ्रमणपछि लण्डनमा निजी प्रयोजनका लागि रोकिँदा भएको खर्च सरकारी कोषबाट बेहोरेको भन्नेमा केन्द्रित छ । आरोपअनुसार, उनले पत्नीसमेतसँग लण्डनमा केही दिन बिताएका थिए ।

पक्राउ परेका विक्रमसिंघेलाई शुक्रबार कोलम्बोको मजिस्ट्रेट अदालतमा पेस गरिनेछ । त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका छन् ।

आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनले लण्डन बसाइका क्रममा विभिन्न बैठक र छलफलमा सहभागी भएको दाबी गरेका छन् ।

विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । आर्थिक संकट र जनविरोध चर्किएको बेला उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडेपछि उनी राष्ट्रपतिको जिम्मेवारीमा पुगेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP