मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना

169
SHARES
मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशभर विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभरको मौसममा बदली देखिएको हो ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली छ । कर्णालीका केही स्थान तथा कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ । मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरैजसो पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई भूभागमा तथा सुदूरपश्चिमको तराई क्षेत्रमा समेत चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

रातिको समयमा मधेस तथा कोशीका तराई भूभागका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २६, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP