मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारियो

1.4K
SHARES
कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि एकपटक स्थगित गरिएको छ ।

दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार दिउँसो १ बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

असोज २८ गतेदेखि निरन्तर चल्दै आएको कांग्रेस केन्द्रीय समिति बैठक पार्टी महाधिवेशनको मिति तय गर्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शीर्ष तहमै राय–मत फरक परेपछि बैठकले निष्कर्ष निकाल्न सकेको छैन ।

पार्टीभित्र महाधिवेशनको समय तोक्ने विषयमा विवाद चुलिंदै गएको छ । संस्थापन पक्ष फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क अघि सारिरहेको छ ।

तर महामन्त्रीद्वयसहितको इतर समूह भने निर्वाचनअघि नै नियमित महाधिवेशन वा आवश्यक परे विशेष महाधिवेशन बोलाउनुपर्ने अडानमा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ४, बिहीबार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP