मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकासँग वार्ता नभएको इरानको दाबी, ट्रम्पको भनाइ अस्वीकार

1.3K
SHARES
अमेरिकासँग वार्ता नभएको इरानको दाबी, ट्रम्पको भनाइ अस्वीकार

काठमाडौं । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ। इरानी समाचार संस्था तस्निम न्यूज एजेन्सीलेले प्रकाशित गरेको विवरणअनुसार अमेरिका र इरानबीच प्रत्यक्ष वा अप्रत्यक्ष कुनै संवाद नै नभएको दाबी गरिएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग पछिल्ला दुई दिनदेखि सकारात्मक र सिर्जनात्मक वार्ता भइरहेको बताएका थिए । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उनले यस्तो ‘गहिरो र विस्तृत’ वार्ता आगामी सातासम्म जारी रहने उल्लेख गरेका थिए ।

ट्रम्पले वार्ता जारी रहेकै कारण इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरेर गरिने भनिएको सैन्य कारबाही पाँच दिनका लागि स्थगित गरिएको घोषणा समेत गरेका थिए । तर इरानी पक्षले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

तस्निमले नाम नखुलाइएको एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार इरानको ‘विश्वसनीय सैन्य चेतावनी’का कारण अमेरिका पछि हट्न बाध्य भएको हो । साथै वित्तीय बजारमा देखिएको जोखिम र अमेरिका तथा पश्चिमा देशहरूको ऋणपत्रमा पर्ने सम्भावित असरले पनि यस्तो निर्णयमा प्रभाव पारेको उल्लेख गरिएको छ ।

युद्ध सुरु भएयता विभिन्न मध्यस्थकर्तामार्फत् इरानसम्म सन्देश आइरहे पनि इरानले आफ्नो सुरक्षा रक्षाका लागि अडान कायमै राखेको बताइएको छ । स्रोतका अनुसार होर्मुज जलडमरु क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्कन नदिने र ऊर्जा बजारलाई स्थिर हुन नदिने रणनीतिमा इरान दृढ रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ९, सोमबार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP