मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलमान घिसिङद्वारा जेनजी आन्दोलनमाथिको दमनको निन्दा

3.1K
SHARES
कुलमान घिसिङद्वारा जेनजी आन्दोलनमाथिको दमनको निन्दा

काठमाडौं । उज्यालो नेपाल अभियानका अभियन्ता तथा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी पुस्ताले देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले गरेको हिंसात्मक दमनको तीव्र भर्त्सना गरेका छन् ।

सोमबार भएको आन्दोलनका क्रममा राज्यद्वारा गरिएको दमनमा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको पुष्टि भइरहेका बेला, घिसिङले उक्त आन्दोलन अब ‘जेनजी पुस्ताको मात्रै नभई आम नेपाली जनताको आन्दोलन’ भएको बताएका छन् ।

‘सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिनेछ’
सामाजिक सञ्जालमार्फत घिसिङले सोमबारको दिनलाई नेपालको इतिहासमा ूकालो अक्षरले लेखिनेू दिनका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध, शासनको अपारदर्शिता, तथा शासनप्रणालीको बेथिति विरुद्ध युवाहरूले उठाएको आवाज पूर्णतः न्यायोचित छ ।

“राज्यले कलिला युवाहरूलाई क्रूरतापूर्वक दमन गरेको छ,” घिसिङले लेखेका छन्, “यो आक्रोश युवाहरूको सपना हो— पारदर्शी शासनको सपना, नयाँ नेपालको सपना, र स्वतन्त्र सोचको सपना ।”

‘स्वतन्त्र अभिव्यक्तिमा दमन सह्य छैन’
नेपालमा कहिल्यै नदोहोऱ्यिएको १८ घण्टा लोडसेडिङ अन्त्य गर्न निर्णायक भूमिका खेलेका घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक हकको संरक्षण गर्नु राज्यको कर्तव्य भएको स्मरण गराए ।

मृतकप्रति श्रद्धाञ्जली, सरकारलाई जिम्मेवार ठहर
सरकारी दमनका कारण ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घिसिङले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अन्त्यमा उनले भने, “जेनजी पुस्ताले उठाएका मागहरू तत्काल सम्बोधन गरियोस् । यस दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP