मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ यू–१७ महिला फुटबलः नेपाल आज बंगलादेशसँग भिड्दै

2.3K
SHARES
साफ यू–१७ महिला फुटबलः नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल आज आफ्नो तेस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न तयार भएको छ । खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले अहिलेसम्म दुई–दुई खेल खेलेका छन्, जसमा एकमा जित र अर्कोमा हार ब्यहोरेका छन् । नेपालले सुरुवाती खेलमा भारतसँग ७–० को फराकिलो हार खेपेको थियो भने दोस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराएको थियो । बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ३–१ ले पराजित गरे पनि भारतसँग २–० ले हार मान्नु परेको थियो ।

पछिल्ला वर्षमा बंगलादेश महिला फुटबलमा विभिन्न उमेर समूहमा निरन्तर प्रगतिशील देखिएको छ । अंकतालिकामा हाल भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने तीन–तीन अंक हासिल गरेका नेपाल र बंगलादेश क्रमशः तेस्रो र दोस्रो स्थानमा रहेका छन् ।

आजै अर्को खेलमा भारत र भुटान आमनेसामने हुनेछन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् । डबल राउण्ड रोबिन आधारमा सञ्चालन भइरहेको यस च्याम्पियनसिपमा सबैभन्दा बढी अंक बटुल्ने टोलीले उपाधि हात पार्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०४:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP