मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, देशभर ४० दिन शोक घोषणा

1.4K
SHARES
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, देशभर ४० दिन शोक घोषणा

काठमाडौं । इरानले आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । खामेनीको मृत्यु इजरायल–अमेरिकाको आक्रमणमा भएको बताइएको छ ।

खामेनीको निधनप्रति शोक व्यक्त गर्दै इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले देशले एक महान् नेतृत्व गुमाएको जनाएको छ । आईआरजीसीले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामीले एक महान् नेता गुमाएका छौँ, सम्पूर्ण राष्ट्र अहिले गहिरो शोकमा छ ।”

इरानी सञ्चारमाध्यम फार्स समाचार एजेन्सी र तस्निम समाचार एजेन्सीका अनुसार उक्त आक्रमणमा खामेनी मात्र नभई उनका परिवारका अन्य सदस्यहरू पनि मारिएका छन् । घटनामा उनकी छोरी, ज्वाइँ, नातिनी तथा बुहारीको समेत ज्यान गएको बताइएको छ ।

यस घटनापछि इरानको सेनाले कडा प्रतिक्रिया जनाउँदै ‘इतिहासकै सबैभन्दा खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा कब्जा गरिएका क्षेत्रहरू र अमेरिकी अड्डाहरूलाई लक्षित गरी ठूलो सैन्य कारबाही सुरु गरिने उल्लेख गरिएको छ ।

खामेनी सन् १९८१ देखि सन् १९८९ सम्म इरानका राष्ट्रपति रहेका थिए । त्यसपछि सन् १९८९ मा उनी देशको सर्वोच्च नेता चयन भएका थिए र लामो समयसम्म इरानी राजनीतिमा प्रभावशाली भूमिकामा रहेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १७, आईतवार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP