मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री साहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

494
SHARES
प्रधानमन्त्री साहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ः०० बजे बस्दैछ ।

प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नमाथि प्रधानमन्त्री शाहले बैठकमा जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्नोत्तर हुने भएकाले बैठकमा समसामयिक राजनीतिक तथा सार्वजनिक सरोकारका विषय उठ्ने अपेक्षा गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री साहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ । आयोगको वार्षिक गतिविधि, कामकारबाही तथा आगामी योजनासँग सम्बन्धित विषय प्रतिवेदनमा समेटिएका छन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त सम्झौता नेपालको दीर्घकालीन विद्युत् व्यापारसँग सम्बन्धित महत्वपूर्ण विषयका रूपमा हेरिएको छ ।

यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दुवै समितिले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्नेछन् ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP