मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हर्क साम्पाङ र सुदनबीच राजनीतिक सहकार्यको सहमति, आज संयुक्त घोषणा हुने

2.7K
SHARES
हर्क साम्पाङ र सुदनबीच राजनीतिक सहकार्यको सहमति, आज संयुक्त घोषणा हुने

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किरातीबीच राजनीतिक एकताको सैद्धान्तिक सहमति भएको छ । पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको बहस चलिरहेका बेला दुई नेताबीच भएको सहकार्यलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार सहमतिअनुसार सुदन किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने समझदारी बनेको छ । पार्टी संगठन विस्तार, वैकल्पिक राजनीतिक धार निर्माण तथा जनमुखी एजेन्डालाई अघि बढाउने उद्देश्यले एकता प्रक्रिया अघि बढाइएको बताइएको छ ।

दुवै नेताबीच पछिल्ला केही सातादेखि निरन्तर छलफल भइरहेको थियो । राजनीतिक रूपान्तरण, सुशासन, श्रमको सम्मान तथा युवामुखी अभियानलाई साझा एजेन्डा बनाएर सहकार्य गर्ने समझदारी बनेको जनाइएको छ ।

एकतासम्बन्धी औपचारिक जानकारी आज दिउँसो ३ः०० बजे काठमाडौंको बागबजारस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बुझिएको छ । राजनीतिक वृत्तमा यो सहकार्यलाई आगामी राजनीतिक समीकरणसँग जोडेर पनि हेरिएको छ । विशेषगरी युवापुस्ता, श्रमिक वर्ग र परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने लक्ष्यसहित नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

धरान उपमहानगरपालिकाको नेतृत्व सम्हाल्दै चर्चामा आएका हर्क साम्पाङ पछिल्लो समय वैकल्पिक राजनीति, श्रम अभियान र स्वतन्त्र शैलीका कारण चर्चित छन् । अर्कोतर्फ, नेकपा माओवादी केन्द्रबाट राजनीति गर्दै आएका सुदन किराती लामो समयदेखि वैचारिक बहस र संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् ।

दुवै नेताको सहकार्यले आगामी दिनमा नयाँ राजनीतिक शक्ति निर्माणको आधार तयार गर्न सक्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनपछि एकताको विस्तृत खाका, आगामी रणनीति तथा पार्टी संरचनाबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २५, शुक्रबार ०१:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP